चीनमा आइफोन र आइप्याडका केही लोकप्रिय एप्लिकेसनमा भाइरस आक्रमण भएको अमेरिकी एप्पल कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार यो भाइरसलाई हटाउने प्रयासमा एप्पलको टीम प्रयासरत छ ।
आइतबार यस्तो भाइरस देखा पर्नुअघि केही साइबर सेक्युरिटी फर्ममा एक्सकोडघोष नामक मेलवेयर देखापरेको जानकारी प्राप्त भएको थियो । कम्पनीले बताएको छ कि एपमा यो भाइरस सयकडौंको संख्यामा देखापरेको छ ।
चीनमा एप्पलको एप्स स्टोरमाथिको यो भाइरस हमलालाई निकै ठूलो विषय मानिएको छ । यसलाई विश्वभरिका सञ्चार माध्यमले महत्वका साथ समाचार बनाएका छन् ।
कम्पनीको भनाइ छ कि यो आक्रमण ह्याकरहरुबाट भएको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमले एप्पलका प्रवक्ता क्रिस्टिन मोनागनलाई उद्धृत गर्दै भनेका छन्- हामी डुभलपर्सका साथ काम गरिरहेका छौं, ताकि यो सुनिश्चित होस् कि तिनले आफ्नो एप फेरि निर्माण गर्नका लागि एक्सकोडको सही भर्सनको प्रयोग गर्न सकुन् ।
तर, एप्पलले यो बताएको छैन कि उसका कति एपमा यस्तो भाइरस आक्रमण भएको छ । कम्पनीको भनाइ छ कि त्यस्ता एप्सलाई स्टोरबाट हटाइएको छ ।
प्रतिक्रिया 4