+
+

गजलः आयो संबिधान 

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १६:००

नयाँ जोस र उमङ्ग बोकी आयो संबिधान
गरौ स्वागत मादल ठोकी आयो संबिधान ।

षडयन्त्र चलखेल पनि नभएको होईन
सब बाधा र अड्चन रोकी आयो संबिधान ।

गाउ बस्ति शहरमा जताततै खुशीयाली
प्यार सद्भाबको फुल रोपी आयो संबिधान ।

निमुखाले अब दुई छाक टन्न खान पाउन्
मनमा भएका दु:ख पोखी आयो संबिधान ।

चारैतिर शान्ति छावोस् भाईचारा होस् देशमा
सहि गलतको पाठ घोकी आयो संबिधान  ।

man bdr kcमान बहादुर केसी (मुस्कान देउडाप्रेमी )
सँगमटोल टिकापुर ७ कैलाली हाल- फुजैराह यूएई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?