१८ असोज, काठमाडौं । देशले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बहस चलिरहँदा करेसाबारीमै पर्याप्त फलाउन सकिने कृषि वस्तुसमेत विदेशबाट आयात भइरहेकोर यसमा करोडौं रुपैयाँ बाहिरिरहेको फेला परेको छ ।
परम्परादेखि नै किसानले करेसावारीमा फलाउँदै आएको रैथाने सागसब्जीलाई बढवा दिने हो भने पनि ब्यापार घाटा न्यूनीकरणमा योगदान हुने देखिएको छ ।
औषधि र मसलाको रुपमा प्रयोग हुने रैथाने बाली मेथीमा पनि मुलुक दिनप्रतिदिन परनिर्भर हुँदैछ, नागरिक दैनिकमा खबर छ ।
ब्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा १४ करोड ५१ लाख ९ हजार रुपैयाँभन्दा बढीको मेथी आयात भएको छ ।
सो वर्ष ५ वटा मुलुक-भारत, पाकिस्तान, चीन, दक्षिण कोरिया र यूएईबाट मेथी आयात भएको सरकारी अभिलेख छ ।
‘स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तुको आयात पनि बढ्दो छ,’ केन्द्रको बरिष्ठ अधिकृत कृष्णराज बजगाइँले भने, ‘नेपालमा जतातते फल्ने मेथी पनि विदेशबाटै आइरहेको छ ।
केन्द्रको तथ्यांकअनुसार सबैभन्दा धेरै मेथी भारतबाट आउँछ । आर्थिक वर्ष २०७१/७२ मा भारतबाट १३ करोड २६ लाख १८ हजार रुपैयाँभन्दा बढीको मेथी आयत बढेको छ ।
मेथीमा परनिर्भरता बढ्नुको कारण रैथाने बालीको खेतीलाई बेवास्ता गर्नु हो । रैथाने खेती बिर्सँदै गए परनिर्भरता अझ बढ्ने ब्यवसायी र विज्ञ बताउँछन् ।
प्रतिक्रिया 4