+
+

भैरहवा नाकामा झडप, आन्दोलनकारीद्वारा दशगजा क्षेत्रबाट ढुंगामुढा

१८ असोज, भैरहवा । भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिहान केही मालबाहक गाडी नाका हुँदै भित्रिएपछि बेलहियाको दशगजा क्षेत्रमा रोक्न गएका मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोजेपछिे झडप भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १६:१५

Bhairahawa-Jhadapसलमान खान

१८ असोज, भैरहवा । भैरहवाको बेलहिया नाकामा अवरोध गर्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । बिहान केही मालबाहक गाडी नाका हुँदै भित्रिएपछि बेलहियाको रोक्न गएका मोर्चाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोजेपछिे झडप भएको हो ।

प्रहरीको हस्तक्षेप पछि आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि नेपाली सुरक्षाकर्मीहरुले केही पछाडि हटेर आफ्नो बचाउ गरेका थिए ।  ढुंगा प्रहारबाट डीएसपीसहित ९ प्रहरी घाइते भएका छन् ।

Bhairahawa-Jhadap-1
प्रदर्शनकारीलार्इ भारतीय भूमी तर्फ धपाउँदै भारतीय सुरक्षाकर्मी

ढुगांमुढा प्रहार भएपछि भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई लखटे्दा कोही आन्दोलनकारी भारत तर्फ भागेका थिए ।

नेपाली सुरक्षाकर्मी माथि ढुगांमुढा प्रहार गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ । समाचार तयार पार्दासम्म ठेगाना नखुलेका रमेश यादव, रामु यादव र शिवदास यादव पक्राउ परेका छन् ।

झडप हुनुभन्दा अघिसम्म भारतबाट ३७ वटा मालवाहक सवारी साधनहरु नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय बेेलहियाले जनाएको छ । तेल र ग्यास भने आएको छैन । झडपपछि भारतीय सुनौली भन्सारले मालबाहक गाडी छोड्न थप कडाइ गरेको छ ।

थप तस्वीर हेर्नुस्

Bhairahawa-Jhadap-2Bhairahawa-Jhadap-3Bhairahawa-Naka

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?