+
+

बिराटनगर भन्सारबाट २५ ट्यांकर पेट्रोलियम भित्रियो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १६:१३

Biratanagar-Vansar

१८ असोज, बिराटनगर । सोमबार बिराटनगरको रानी भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका २५ वटा सवारी साधन नेपाल प्रवेश गरेका छन् ।

लामो समयदेखि नाका बन्द हुँदा भन्सार जाँचपासको प्रतिक्षामा रहेका पेट्रोल, डिजेल र ग्यास बोकेका ट्यांकर भित्रिएको रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

दिउँसोसम्म १३ वटा डिजेल, १० वटा पेट्रोल ट्यांकर र २ वटा ग्यास बुलेट नेपाल प्रवेश गरेका छन् । यो क्रम जारी रहेको भन्सार प्रमुख बस्नेतले जानकारी दिए ।

रानी भन्सारमा मधेसी मोर्चाले सोमबार कुनै अवरोध गरेको छैन । मोर्चाका कार्याकर्ताले नाकामा अवरोध गरेपछि राती १२ वजे प्रहरीले २ राउण्ड हावाई फायरिङ गरेर उनीहरुलाई हटाएको थियो ।

भिडियो

आइतबार विराटनगर भन्सार प्रमुख कृष्ण बस्नेत र जोगबनी भन्सार प्रमुख प्रनेश गुप्तासहित भएको छलफलमा नाका खोल्ने लगायत पाँच बुँदे सहमति भएको थियो । बैठकमा तेल, औषधि र खाद्यान्न बोकेका गाडीलाई प्राथमिकता दिर छुटाउने, नाकामा हेल्प डेस्क राख्ने, प्रहरीले सुरक्षा दिएर मालबाहक गाडी नेपाल ल्याउने, ब्यवसायीले भन्सार बिलम्ब शुल्क बुझाउने लगायत सहमति भएको थियो ।

अन्य नाका सुनसान

भैरहवा र वीरगञ्ज नाका ठप्प रहँदा काँकडभिट्टाको मेची भन्सार नाकाबाट भने दिउँसोसम्म ३७ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् ।

तर, त्यसमा एउटा पनि तेल तथा ग्यास बोकाका गाडी छैनन् । गएराति नै मेची भन्सार आइपुगेका ४ वटा ग्यास बुले भने जाँचपास गरेर छोडिने भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए ।

नेपालगञ्जको जमुहनाह नाकाबाट पनि एउटा पेट्रोलियम ट्यांकर नेपाल प्रवेश नगरेको भन्सार प्रमुख राजेन्द्र खनालले बताए । नेपालगञ्जबाट दिउँसोसम्म १० वटा मालबाहक गाडी नेपाल आएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?