+

जर्गेन क्लोप लिभरपुलको नयाँ प्रशिक्षक

२०७२ असोज  २२ गते ७:४६ २०७२ असोज २२ गते ७:४६
जर्गेन क्लोप लिभरपुलको नयाँ प्रशिक्षक

Jurgen Klopp

२२ असोज, काठमाडौं । जर्गेन क्लोप इंग्लिस क्लब लिभरपुलको प्रशिक्षकमा नियुक्त भएका छन् । बोरुसिया डर्टमुन्डका पूर्व प्रशिक्षक क्लोपले तीन वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् ।

४८ वर्षका जर्मन क्लोपले ब्रेन्डन रोजर्सको स्थान लिनेछन् । लिभरपुल प्रिमियर लिगको १० औं स्थानमा रहेपछि रोजर्स गत साता बर्खास्त भएका थिए ।

सात वर्षसम्म जर्मन क्लब डर्टमुन्ड सम्हालेका क्लोप गत मेबाट खाली थिए । उनले क्लबलाई दुई पटक जर्मन लिग जिताए ।

क्लोपले बार्षिक ५ मिलियन पाउण्ड पाउनेछन् । यदि उनको टीमले प्रिमियर लिग जित्यो वा च्याम्पियन्स लिगका लागि छनोट भएमा भने बोनससहित ७ मिलियन पाउण्ड पाउने सम्झौता छ ।

क्लोपलाई आज एन्फिल्डमा औपचारिक रुपमा प्रस्तुत गरिनेछ । प्रिमियर लिगमा उनको पहिलो खेल टोटनहृयामसँग अक्टोबर १७ मा हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय