+
+

ट्युनिशियाको ‘नेशनल डायलग क्वार्ट्रेट’लाई नोबेल शान्ति पुरस्कार दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २२ गते १६:३८

Tunisian-National-Dialogue-Quartet

२२ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार ट्युनिशियाको नेशनल डायलग क्वार्ट्रेटलाई दिने घोषणा भएको छ ।

नोबेल पुरस्स्कार समितिले शुक्रबार सन् २०१५ को नोबेल शान्ति पुरस्कारको घोषणा गरेको हो । २०११ मा ट्युनिशियामा भएको ‘जस्मिन रिभोल्यूशन’ पछि भएको राजनीतिक हत्या र अस्थिरताका बीच ट्युनिशियाको नेशनल डायलग क्वार्ट्रेट गठन भएको थियो ।

ट्युनिशियामा लोकतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गरेको भन्दै समितिले नोबेल शान्ति पुरस्कार दिने निर्णय गरेको हो । देश गृहयुद्वमा रहेका बेला ‘नेशनल डायलग क्वार्ट्रेट’ले नयाा विकल्प दिएको र शान्ति स्थावित हुने भसोरा दिएको नोबेल समितिले जनाएको छ ।

नोबेल शान्ति पुरस्कारका लागि २७३ दावेदार थिए । जर्मन चान्सलर र पोप फ्रान्सिस पनि दावेदारको सूचीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?