- फाइल तस्वीर
२५ असोज, प्युठान । चट्याङ लागेर प्युठानमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान स्याउलीवाङ-२ सिमलटार बस्ने १८ वर्षीय जुगलाल बुढा र झिवाङ बस्ने २८ वर्षीय नन्दी घर्तिको घटनास्थलमै मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ ।
यस्तै चट्याङ लागेर दर्जन बढी घाइते भएका छन् । स्याउलीवाङ-२ झिवाङमा भएको घटनामा १५ वर्षीया विना घर्ती, ३७ वर्षीय सफे दमाई, ३६ वर्षीया पवी दमाई, २२ वर्षीया लक्ष्मी दमाई ४० वर्षीया शोभी दमाई, १८ वर्षीया सजिन दमाई, ६० वर्षीया कुमारी घर्ती, १५ वर्षीया निर्मला घर्ती, १९ वर्षीया सीता दमाई रहेका छन् ।
घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घरमै पुगेर उपचार गरिरहेको प्रहरीले जनाएको छ ।
यस्तै फोप्ली-७ दारिङबस्तीमा बाडे सुनारको घरमा चट्याङ पर्दा एकै घरका सात जना घाइते भएका छन् । बाडे सुनारसहित घाइते हुनेहरुमा ४८ वर्षीया श्रीमती घनि, १८ वर्षीय छोरा खिम, २४ वर्षीया बुहारी पिमा, ११ वर्षीय छोरा भिमे, ६ वर्षीया नातिनी मुस्कान, ८ वर्षीया नातिनी मिनासी रहेका छन् ।
घाइतेमध्ये केहिको अवस्था गम्भीर छ । घाइते सबैको लुङ बाहानेस्थित मेडिकलमा उपचार भैरहेको छ । घरमा सामान्य क्षति पुगेको प्रहरीको भनाइ छ ।
चट्याङ अन्दाजी सााझ ८ बजे, राति १२ बजे र राति दुई बजे परेको स्थानीयले बताएका छन् ।
– विजयसिंह भारतीबाट
प्रतिक्रिया 4