+
+

मधेसप्रति एकाएक किन उत्साहित भए ओली ?

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १९:४२

Pm Kp Oli

२५ असोज, काठमाडौं । तराई मधेसका आन्दोलनकारीलाई समेत सरकारमा सामेल गराएर पदभार ग्रहण गरेका ननिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन टुंगो लगाउने उपायबारे मन्त्रीहरुसँग शुरुकै दिन छलफल गरेका छन् ।

प्रधानमन्त्री निर्वाचित हुनुअघि नै ओलीले आफूलाई मधेस विरोधी भनेर चित्रित गर्न खोजिए पनि आफू मधेसी बिरोध होइन भनेर व्यवहारमै पुष्टि गर्ने बताएका थिए । उनले पदभार ग्रहण गरिरहँदा तराई मधेसको आन्दोलन चाँडै समाधान गर्ने बताए ।

प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकमा पनि मधेश आन्दोलनलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भएको विना बिभागीय मन्त्री सत्यनारायण मण्डलले बताए ।

ओली मधेस आन्दोलनलाई सहज रुपमा टुंग्याउन किन पनि उत्साहित छन् भने उनको मन्त्रिपरिषदमा अहिले उनीपछिको दोस्रो बरियताको उपप्रधानमन्त्रीमा आन्दोलनकारी एउटा मोर्चाका कमाण्डर बिजय गच्छदार छन् ।

उनको शुरुको चरणमा बनेको आठ सदस्यीय मन्त्रिपरिषदमा दुई मधेसी मन्त्री छन् । जसमा एकजना उनले आफ्नै स्थायी कमिटी सदस्य तथा मधेसका पूराना वामपन्थी सत्यनारायण मण्डललाई समेटेका छन् । मण्डललाई समेट्नुको अर्थ सप्तरी जस्तो आन्दोलनको मुख्य केन्द्रलाई सन्देश दिनु र तराईको पिछडिएको समुदायलाई अगाडि बढाएको देखाउनु दुई मुख्य उद्देश्य रहेको ओली निकट मधेसी नेताहरु बताउछन् । 

प्रधानमन्त्री बन्नुअघि र उम्मेदवार हुनुभन्दा अघि तराई मधेशको आन्दोलनको नाम समेत उच्चारण नगर्ने ओलीले मन्त्रिपरिषद बैठकबाटै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन् ।

बैठकपछि सरकारका प्रवक्ता अग्नि खरेलले भने-‘तराई मधेसमा आन्दोलन गरिरहेका पार्टी र समूहलाई वार्तामा आउन आह्वान गरिएको छ । सरकारले सबै समस्यालाई राजनीतिक रुपमा समाधान गर्नेछ ।

यसअघि मधेसी मोर्चासँग वार्ता गर्न तीन दलले बनाएको वार्ता टोली के हुन्छ ? सरकारले यसबारे केही भनेको छैन । त्यो वार्ता टोली दलहरुले बनाएकाले सरकारले यसबारे कुनै निर्णय नगरेको खरेलले बताए ।

वार्ता टोलीमा कांग्रेसका महेश आचार्य, एमालेका अग्नि खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ थिए । टोलीले दुई चरण मोर्चासँग वार्ता गरेको थियो ।

यो सरकार बिल्कुल भिन्नःओली

प्रधानमन्त्री ओलीले पदभागर ग्रहणपछि पत्रकारहरुसँग संक्षित कुरा गर्दै यो सरकार बिल्कुल भिन्न ढंगले चल्ने दावी गरे । ‘यसलाई सामान्य वा परम्परागत रुपमा नलिनुस’ उनले भने ।

ओलीले अब आपूर्ति पनि सहज हुने र शान्ति सुरक्षाको अवस्थामा पनि देखिने गरि परिवर्तन ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?