+
+

नाकाबन्दीको असरले नेप्सेमा गिरावट जारी

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २८ गते १६:३२

२८ असोज, काठमाडौं । भारतीय नाकबन्दीको असरले पुँजी बजारमा लगातार देखिएको गिरावट बिहीबार पनि जारी रह्यो । आइतबार नयाँ सरकार बनेकै दिनदेखि तल झरेको सेयर बजारमा बिहीबार पनि उत्साह देखिएन । बजारमा शुन्य दशमलव ६२ अंकाको गिरावट आएको छ ।

nepseबजार खुलेदेखि नै घटेको सेयरबजार झण्डै ११ अंकले घटेपछि सम्हालिएर विस्तारै उकालो लागेको थियो । ११ सय २४ अंकसम्म झरेको बजार उक्लिएर ११ सय ३४ अंकमा पुगेर बन्द भएको छ ।

बुधबार वित्त र अन्य समूह बाहेक अन्य सबै समूह रातो भए । टेलिकम सूचीकृत अन्य समूह ११ अंकले उकाले लागे भने वित्त समूहमा शुन्य दशमलव १३ अंकको सुधार देखियो ।

बीमा समूहको सूचक २७ अंकले घट्दा उत्पादनमूलक समूह ३१ अंकले रातो भयो । यसैगरी बैंकिङ समूहले ५ अंक गुमाउँदा जलविद्युत ७ अंकले ओर्लियो । होटल समूहको सुचक शुन्य दशमलव ४२ अंकले रातो हुँदा विकास बैंक समूह शुन्य दशमलव ७७ अंकले घट्यो ।

दिनरभमा २३ करोड ७ लाख रुपैयाँ बराबरको ४ लाख १२ हजार कित्ता सेयर किनबेच भयो । बजारमा एकसय १० कम्पनिका सेयरमात्र कारोबार भए ।

कणर्ाली डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट ग्रोथ, सेति फाइनानान्स, प्यासेफिक डेभलपमेन्ट बैंक लगायतका लगागीकर्ताले धेरै गुमाए । बरुण हाईड्रो, नेको ईन्स्योरेन्स, रिलायबल डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले धेरै कामए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?