२९ असोज, काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् ।
टानको नयाँ कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको थियो । रिजालले ४ सय ११ मत प्राप्त गरेका छन भने पाण्डेले ३ सय ३२ मत प्राप्त गरेका छन् । दुबै जना प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए ।
टानको ८ पदाधिकारी र ९ सदस्यका लागि भएको निर्वाचनमा अधिकांश सिटमा रिजाल समूहका बिजयी भएका छन् । रिजाल समूहले १७ मा १५ स्थानमा बाजी मारेको टान सचिवालयले जनाएको छ । पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्यमात्र विजयी भए ।
बरिष्ठ उपाध्यक्षमा टाँसी लाक्पा शेर्पा विजयी भए । उनले ४ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी निमा शेर्पाले ३ सय ३१ मत ल्याए । प्रथम उपाध्यक्षका प्रतिष्पर्धी तेज गुरुङले ३ सय ७१ मत ल्याएर विजय भए । उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्या हिराचनले भने ३६५ मत पाईन् ।
द्धित्तिय उपाध्यक्षमा ऋषिप्रसाद नेपाललाई हराउँदै रामप्रसाद सापकोटा बिजयी भएका छन् । नेपालले ३ सय २५ मत प्राप्त गरे भने बिजयी भएका सापकोटाले ४ सय ३ मत प्राप्त गरेका छन् ।
महासचिवमा कर्ण बहादुर लामा ४ सय १२ मतसहित बिजयी भए । उनका प्रतिस्पर्धी पाशाङ शेर्पाले ३ सय २७ मत प्राप्त गरे । सचिवमा मुक्ति पाण्डे ४ सय ४ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी छेटुप तामाङले ३ सय २२ मातमात्र प्राप्त गरे ।
कोषाध्यक्षमा लिलाबल्लभ दाहाल ३ सय ८५ मतसहिच बिजयी भए । उनका प्रतिस्पर्धी सोनामा ग्याल्जेन शेर्पाले जम्मा ३ सय ५४ मतमात्र प्राप्त गरे । सह-कोषाध्यक्ष कृष्णमान श्रेष्ठ ३ सय ९३ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिस्पर्धी शंकर पाण्डेले ३ सय २२ मत प्राप्त गरेका छन् ।
सदस्यमा रुद्रजंग अधिकारी ‘शम्भु’ (३७०), तारानाथ लामिछाने ‘दिनेश’ (३४३), देवि पाण्डे (३७६), डम्बरबहादुर अधिकारी (३५५), बासुदेव लम्साल (३६०), सरिता लामा (४४३), ङावा ङमिा शेर्पा (३७९), वाङ्छु शेर्पा (३७०) र पेम्बा शेर्पा ‘संगम’ (३३८) मत प्राप्त गरी बिजयी हुन सफल भएका छन् ।
चन्द्र रिजालको समूहलाई एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेकपा-माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन, शेर्पा समुदाय लगायतले साथ दिएका थिए ।
सागर पाण्डेको समूहलाई कांग्रेस निकट निट नेपाल र एमाओवादी निकट नेपाल पर्यटन व्यवसायी मञ्चले साथ दिएको थियो ।
प्रतिक्रिया 4