२९ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरलेे दशैं र तिहारको अवसर पारेर बम्परमा कार उपहार योजना सार्वजनिक गरेको छ ।
साउदी अरेबियास्थित टेलीमनीबाट लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रकम पठाउनेहरु योजनामा सहभागी हुन पाउने कम्पनिले जनाएको छ ।
डिसेम्बर ४ तारिखसम्म लागू हुने योजनामा सहभागी मध्येबाट बम्परमा एक जानले २०१६ मोडेलको हुन्डाइ एसेन्ट कार प्राप्त गर्ने छन् । यस्तै लक्की ड्र मार्फत स्मार्ट फोन र ट्याब्लेट उपहार पनि दिने व्यवस्था पनि गरिएको छ ।
विजेताले पुरस्कार आफु बसेकै देशमा पाउन सक्ने यवस्था गरिएको छ । रकम पठाउने व्यक्तिलाई नै प्रत्यक्ष सहभागी गराउन योजवना साउदी अरबको लागि मात्र ल्याइएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए ।
सिटी एक्सप्रेसले कतार, साउदी अरेबिया, दुबई, मलेसिया, जापान, अमेरिका, जोर्डन, इजरायल, बेलायत लगायत संसारभरबाट पठाएको रकम देशका ४ हजारभन्दा बढी सञ्जालमार्फत वितरण गर्दै आएको छ ।
सिटी एक्सप्रेसले विगत ९ वर्षदेखि विदेशमा रहेका नेपालीले कमाएको रकम छिटो, भरपर्दो र सुरक्षित तरिकाले नेपाल ल्याउन सहयोग गरिरहेको छ ।
प्रतिक्रिया 4