+
+

मन्त्री छान्न बालुवाटारमा एमालेको स्थायी कमिटी बैठक

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ११:०६

UML-meet१ कात्तिक, काठमाडौं । पार्टीका तर्फका मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ ।

आइतबार बिहानै प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेका पाँच शीर्ष नेताहरुको बैठकले स्थायी कमिटीको बैठक बोलाउने निधो गरेको हो । बैठक दिउँसो साढे १२ बजे बस्ने बताइएको छ ।

विहान बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीसहित एमालेका शीर्ष नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, विद्या भण्डारी र ईश्वर पोखरेल सहभागी थिए ।

शीर्षनेताहरुको टीमले एमालेका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाममाथि छलफल गरेको र स्थायी कमिटीको बैठकले त्यसलाई अनुमोदन गर्ने एमाले स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?