+
+

रक्सौलमा रोकिएका ग्यास बुलेट काठमाडौंसम्म कसरी ल्याउने ?

२ कार्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको लगातारको धर्नाका कारण रक्सौल भन्सारमा झण्डै ३ सय ग्यास बुलेट अलपत्र छन् ।

काठमाडौंसहित देशभर ग्यासको हारहार भइरहेका बेला झण्डै एक महिनादेखि ग्यास बुलेटहरु सीमामा रोकिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते १९:३९

Gas Bullate Rut
रविन्द्र घिमिरे

२ कार्तिक, काठमाडौं । भारतले गरेको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको लगातारको धर्नाका कारण रक्सौल भन्सारमा झण्डै ३ सय ग्यास बुलेट अलपत्र छन् ।

काठमाडौंसहित देशभर ग्यासको हारहार भइरहेका बेला झण्डै एक महिनादेखि ग्यास बुलेटहरु सीमामा रोकिएका छन् । भारतले तत्काल नाकाबन्दी नहटाउने र मधेसी मोर्चाले पनि आन्दोलन नरोक्ने संकेत दिएएपछि रक्सौलमा अलपत्र ग्यास बुलेटलाई रुट परिवर्तन गरेर ल्याउन पहल सुरु भएको छ ।

नेपाल आयल निगमको उच्चस्तरीय टोली भारत पुगको छ भने उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापालले पनि रक्सौलमा रोकिएका ग्यास बुलेट रुट परिर्वतन गरेर नेपाल ल्याउनबारे भारतीय उच्च अधिकारीहरुसँग छलफल गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार यसमा भारत सकारात्मक छ । तर, भौतिक संरचना र भन्सारको क्षमतामा भर पर्ने भारतीय उच्च अधिकारीहरुले बताएका छन् ।

कुन नाकाबाट भित्राउन सजिलो ?

भारतले सहयोग गर्ने हो भने रक्सौलमा रोकिएका ग्यास बुलेटहरु अन्य नाकाबाट नेपाल भित्र्याउन छ त ? भन्ने जिज्ञासा धेरैमा हुन सक्छ ।

अहिले वीरगञ्जबाहेक काँकडभिट्टाको मेची, बिराटनगरको रानी, भैरहवाको बेलहिया, नेपालगञ्जको जमुनाह र कैलालीको गौरीफन्टा नाकाबाट गाडी भित्रिन केही सहज सहज छ । माथि उल्लेख गरिएका नाकाहरुबाट यसअघि आयल निगमले भारतीय आयल कर्पोरेशन (आइओसी) का विभिन्न बिक्री केन्द्रबाट क्षेत्रीय डिपोहरुका लागि मात्र तेल ल्याउने गरेको थियो ।

नेपाली अधिकारीहरुका अनुसार रक्सैलबाट रुट परिवर्तन गरी ग्यास ल्याउने प्रक्रियामा भारत सहमत भएमा रक्सौलबाट तुलनात्मक रुपमा नजिक सुनौलीबाट ग्यास ल्याउन सहज हुन्छ । ती ग्यास ट्यांकर भारतको राष्ट्रीय राजमार्ग-२८ बी भएर रक्सौलबाट सुनौली ल्याउन सकिन्छ ।

यो बाटोबाट दुई भन्सारको दुरी २ सय २ किलोमिटर छ । रक्सौलबाट बगाह र खड्डा हुँदै यो राजमार्ग सुनौलीसँग जोडिन्छ । जुन, रुट परिवर्तन गरी ल्याउने अनुमति नेपालले पाएमा धेरै असहज हुने अवस्था छैन ।

यस्तै रक्सौलबाट सुनौली जाने अर्को राजमार्ग पनि छ । जसको नाम राष्ट्रिय राजमार्ग-२९ हो । रक्सौलबाट सुगौली पुगेर कम्पिरागञ्ज हुँदै सुनौली आउन २ सय ६० किलोमिटरको दुरी छ । यी दुई मध्ये एक राजमार्ग भएर वीरगञ्जमा रोकिएका ग्यास बुलेट नेपाल आउने सम्भावना छ ।

बिराटनगरको रानी भन्सारबाट पनि ग्यसा भित्राउन सकिँदैन भन्ने प्रश्न उठ्न सक्छ । तर, बिराटनगर पारीको भारतीय जोगबनी र रक्सौलको दुरी लामो छ । राष्ट्रिय राजमार्ग भएर रक्सौलबाट जोगबनी पुग्न ३ सय ५० किलोमिटरको दुरी तय गर्नुपर्छ भने छोटो रुटनै प्रयोग गरेमा पनि जोगबनी पुग्न ३ सय ९ किलोमिटर छ । त्यसैले भैरहवा नाका नै ग्यास बुलेट भित्राउन सहज नाका हुनेछ ।

भैरहवा भन्सारलाई गाह्रो पर्दैन

भैरहवाको बेलहिया भन्सार कार्यालयले पनि ग्यास बुलेट आएमा त्यसलाई छुटाउन समस्या नहुने बताएको छ । भन्सार अधिकृत रविन्द्र प्याकुरेलले अहिले पनि ४० फुटसम्मका गाडी र ग्यास बुलेट नेपाल भित्रिरहेकाले रुट परिवर्तन गरेर आउने बुलेटले समस्या नहुने बताए । सुनौली भन्सारमा अझै केही ग्यास बुलेट रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?