+
+

काठमाडौंको फोहोर चार दिन नउठ्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३ गते १०:५४

kathmandu fohor (26)
३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाको फोहोर चार दिन नउठाउने भएको छ । दसैंको सातौ दिन फूलपातीदेखि एकादशीसम्म चार दिन फोहोर नउठाउने महानगरपालिकाले जनाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागका कर्मचारीलाई दसैंको विदा दिनुपर्ने भएकाले उक्त समयमा फोहोर नउठाउने भएको हो ।

महानगरपालिकाले चार दिन सम्म आफूले उत्पादन गरेको फोहोर मैला घरमै सुरक्षित रुपमा राख्न पनि आग्रह गरेको छ ।

महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख हरि कुँवरले घरघरबाट फोहोर संकलन गर्न नसके पनि सार्वजनिक स्थान सडक र चोकबाट दैनिक रुपमै फोहोर उठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?