+
+

बार्सिलोनामा राजेश पायलको बेजोड प्रस्तुती

बार्सिलोना । मेगास्टार राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राजेश पायलले आज बार्सिलोनामा बेजोड प्रस्तुती राख्ने भएका छन्।

प्राय: संसारका सबै देशहरुमा पुगी नेपाली संगीतलाई बिश्व माँझ पुर्याउन सफल गायक राईले पहिलो पटक बार्सिलोनामा साँङ्गीतिक प्रस्तुती राख्न लागेका हुन्। बढ्दो चिसोको अनुभवलाई राईको प्रस्तुतिबाट संगीतको माहोल तात्ने अपेक्षा नेपाली संगीत पारखी दर्शकहरुले गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १७:२३

Rajeshpayel

बसन्त रानाभाट

बार्सिलोना । मेगास्टार राई इज किङ्ग लगायत बिभिन्न उप-नामले परिचित नेपाली साँङ्गीतिक धरोहर गायक राजेश पायलले आज बार्सिलोनामा बेजोड प्रस्तुती राख्ने भएका छन्।

प्राय: संसारका सबै देशहरुमा पुगी नेपाली संगीतलाई बिश्व माँझ पुर्याउन सफल गायक राईले पहिलो पटक बार्सिलोनामा साँङ्गीतिक प्रस्तुती राख्न लागेका हुन्। बढ्दो चिसोको अनुभवलाई राईको प्रस्तुतिबाट  संगीतको माहोल तात्ने अपेक्षा नेपाली संगीत पारखी दर्शकहरुले गरेका छन्।

नेपाली चलचित्र पाश्व गायन, नेपाली पप, नेपाली लोक पप, लगायत सुगम संगीत गरी जस्तो सुकै विधामा गीत गाउँन सक्ने क्षमता भएका गायक राईको कार्यक्रमलाई निकै अर्थ पूर्ण रुपमा हेरिएको छ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले आयोजना गर्न लागेको दशै तिहार बिशेष साँस्कृतिक कार्यक्रममा सहभागी हुन गायक राई शनिबार राती नै बार्सिलोना आईपुगेका थिए।

२ महिनाको युरोप यात्रामा रहेका राईले स्पेनको बार्सिलोनाबाट साँङ्गीतिक यात्रा सुरु गर्दै छन्। यस अघि पनि उनले एक भिडियो क्लिप मार्फत फुटबल खेलाडी मेस्सीले खेल्ने क्लब बार्सिलोना जस्तो ठाउँमा आँफू आउँदा निकै उत्साहित भएको बताएका थिए।

कार्यक्रममा गायक राईका अलवा स्थानीय कलाकारहरुको गीत संगीत तथा नृत्य,महिला फोरम र नेपाली पाठशालाको पनि बिशेष प्रस्तुती रहेको एनआरएन स्पेनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?