+
+

छाति बाहिर मुटु भएकी बालिका (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २५ गते ९:१४

heart outside chestउनले विज्ञानलाई समेत चुनौति दिएकी छिन् र सबैलाई आश्चर्यचकित पारिरहेकी छिन् । जन्मिनेबित्तिकै मर्छे भनेर डाक्टरले घोषणा गरेकी यी बालिका ६ वर्षकी भैसकेकी छिन् ।

विर्साविया बाथसेवा बोरुन गोचारोभा निकै सुन्दर छिन् । तर उनलाई नियतिले ठूलो सजाय दिएको छ । छातिभित्र सुरक्षित रहनुपर्ने मुटु उनको छाति बाहिरै झुण्डिएको छ र बाहिरै धडि्करहेको छ ।

पेन्टालोजी अफ क्यान्ट्रेल नामक जन्मजात दुर्लभ रोगबाट पीडित यी बालिका सम्भवतः छाति बाहिरै मुटु भएर पनि यति लामो समयसम्म बाँच्ने दुनियाकै पहिलो मानिस होलिन् ।

छाति बाहिर झुण्डिरहेको मुटुलाई मासुको बाहिरी पत्रले ढाकेको छ । मुटु धडि्करहेको प्रष्ट देख्न सकिन्छ ।

उनको छाति बाहिर रहेको मुटुलाई शल्यक्रिया गरेर भित्र राख्न सकिन्छ । तर यो उपचार महंगो हुन्छ । बालिकाको परिवारसँग उनको उपचारको लागि पुग्दो पैसा छैन । त्यसैले युकेरिंग डटकम नामक अनलाइन मार्फत उनको उपचारको लागि पैसा जुटाइँदैछ । अहिलेसम्म यसमा साढे १६ हजार डलर रकम संकलन भैसकेको छ ।

भिडियो हेर्नुहोस्

रुसी मूलकी यी बालिकालाई लिएर हालै उनकी आमा अमेरिका बसाइ सरेकी छिन् । हाल आमाछोरी फ्लोरिडामा बस्छन् ।

दुखको कुरा उच्च रक्तचापको समस्याका कारण अबको दुइ वर्षसम्म यी बालिकाको शल्यक्रिया गर्न नसकिने कुरा डाक्टरले बताएका छन् ।
आफ्नो मुटु बाहिर हुनुको निकै अनौठो तर्क पेश गर्छिन् यी बालिका । उनी भन्छिन् : मेरो मुटु किन बाहिर छ भन्ने कुरा मलाई थाहा छ ।
किनकी यशुले म जस्ता विशेष चिजहरु पनि बनाउन सकिन्छ भन्ने कुरा देखाउन चाहनुहुन्छ ।

A six-year-old girl, born with her heart outside of her chest, needs help paying for life-saving surgery, and the community is responding. "I like to draw Jesus, ponies and angels," said Virsaviya Borun, who also likes to dance. "I don't go to the school and I don't go to the ballet but I want to do it at home." Virsaviya comes across like any other little girl, but there's something special about her, "My heart is right here. It's outside of my chest and I really love my mom, she's always touching my heart because she likes it."

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?