भाला हान्ने, छेलो फ्याँक्ने जस्ता खेल त देखिएकै हो । तर दुनियामा फ्याँक्ने खेलहरु केवल यत्तिमा मात्र सिमित छैन । फिनल्याण्डमा मोबाइल फोन फ्याँक्ने प्रतियोगिता पनि आयोजना हुने गरेकेा छ ।
सन् २००० देखि फिनल्याण्डमा विश्वमा मोबाइल फ्याँक्ने प्रतियोगिता, मोबाइल फोन थ्रोइंग वल्र्ड च्याम्पियनसीप हुँदै आएको छ । उक्त प्रतियोगितामा बच्चादेखि बुढाबुढी सबैले सहभागिता जनाउने गरेका छन् र सबैभन्दा टाढासम्म मोबाइल फ्याँक्न सक्नेले प्रतियोगिता जित्दछ ।
हरेक वर्ष अगष्ट महिनाको अन्तिममा यो प्रतियोगिता हुने गर्दछ, फिनल्याण्डको साभोन्लिनामा । सन् २००० मा पहिलोपटक भएको प्रतियोगिता फेनोलिंगुवा नामक कम्पनीले प्रायोजन गरेको थियो । फिनल्याण्डको सिको गर्दै युरोपका अन्य विभिन्न देशहरुले समेत राष्ट्रिय स्तरमा मोबाइल फ्याँक्ने प्रतियोगिता गर्न थालेका छन् । पहिलोपटक नर्वेले सन् २००४ मा राष्ट्रिय मोबाइल फ्याँक्ने प्रतियोगिताको आयोजना गरेको थियो । पहिलो शीतकालीन प्रतियोगिता चाहीँ स्विजरल्याण्डमा सन् २००५ मा भयो । जर्मनीले पनि सन् २००५ मै राष्ट्रिय प्रतियोगिताको आयोजना गर्यो ।
यो प्रतियोगितामा च्याम्पियन हुनेले पुरस्कार स्वरुप नयाँ मोबाइल फोन प्राप्त गर्दछ । विभिन्न चार विधामा यो विश्वस्तरीय प्रतियोगिता हुने गर्दछ । जसमा जुनियर्स, फ्रिस्टाइल, ओरिजिनल र टिम ओरिजिनल विधा हुन्छन् ।
मोाबाइल फोनको अग्रणी कम्पनी नोकियाको देश फिनल्याण्डलाई मोबाइलको जननी भनेपछि हुन्छ । त्यसैले होला यहाँ मोबाइल फ्याँक्ने प्रतियोगिता हुने गर्छ । सायद पूराना र बेकम्मा मोबाइलप्रतिको रिस पोख्न र नयाँ किनौँ भन्ने सन्देश दिन यसो गरिएको हुनुपर्छ ।
प्रतियोगितामा अहिलेसम्म सबैभन्दा टाढासम्म मोबाइल फ्याँकेर किर्तिमान कायम गर्ने व्यक्ति बेल्जियमका ड्राएस फेरेम्यान्स हृन् । सन् २०१४ को प्रतियोगितामा उनले ११०.४२ मिटर टाढासम्म मोबाइल फ्याँकेका थिए ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया 4