आज आइतबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईले छुटाउनु भयो कि ?
१. देशवासीलाई प्रधानमन्त्री ओलीका तीन सन्देश
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अगाडि नै देशबासीमा नाममा सम्बोधन गर्ने कार्यक्रम थियो । आइतबार साइत जुर्यो र साँझ बालुवाटारमा देशबासीलाई सम्बोधन गरे ।
२. राजधानीवासीको नियति: दाउराका किन्न कुपन बोकेर लाइनमा ! (फोटोकथा)
भारतीय नाकाबन्दीले हरेक क्षेत्रमा अभाव सिर्जना गरेको समयमा इन्धनको अभाव झनै चर्को छ । ग्यास, पेट्रोल, मट्टीतेल लगायत सबै इन्धन किन्न लामो लाइनको नियति भोगेका सर्वसाधारणले अब दाउरा किन्नसमेत लाइन छिचोल्नै पर्ने देखिएको छ ।
३. बाबुरामको नयाँ विश्लेषण: सरकारको विकल्प खोज्नेतिर परिस्थिति जान्छ कि जस्तो देख्न थालेको छु
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कहिलेकाँहि आफूलाई ‘द्रष्टा’ भएको दाबी गर्छन् । द्रष्टा नै त नभनौं, तर, उनी राजनीतिक विश्लेषकचाँहि पक्कै हुन् । एमाओवादी छाडेर यतिबेला ‘नागरिक अगुवा’को भूमिकामा रहेका डा. भट्टराईलाई अनलाइनखबरले सामयिक राजनीतिबारे केही केरकार गर्ने प्रयास गरेको छ ।
४. शीर्ष वार्तामा मधेसी मोर्चाका नेताले भने-मर्न तयार छौं, उधारो सम्झौता गर्दैनौं
प्रमुख दलका शीर्ष नेताहरुसँगको वार्तामा आइतबार मधेसी मोर्चा कडारुपमा प्रस्तुत भएको छ । र, मोर्चाले सीमांकन हेरफेर नभएसम्म उधारोमा कुनै सम्झौता नहुने बताएको छ ।
५. प्रधानमन्त्रीको आत्मनिर्भर योजनाः काठमाडौंमा मेट्रो रेल
प्रधानमन्त्रीका रुपमा आइतबार देशवासीलाई पहिलो सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भरका महत्वाकांक्षी योजनाहरु घोषणा गरेका छन् ।मन्त्रीहरु र सरकारलाई समर्थन गर्ने दलका नेतालाई साथमा राखेर प्रधानमन्त्री ओलीले आइतबार साँझ देशवासीलाई सम्बोधन गरेका थिए ।
६. एकैदिन १ सय ३१ ट्यांकर इन्धन नेपाल भित्रियो
वीरगञ्ज घटनापछि आइतबार सबैभन्दा धेरै इन्धन ट्यांकरहरु नेपाल भित्रिएका छन् । आइतबार भारतीय भन्सार कार्यालयहरुले १ सय ३१ वटा इन्धनका गाडीलाई नेपाल छिर्न अनुमति दिएका छन् ।
७. चीनसँग इन्धनको व्यापारिक कारोबारमा ढिलाइ हुने संकेत
बेइजिङमा इन्धन खरिद गर्ने औपचारिक समझदारी गरेको आयल नियमले प्राविधिक विषयमा छलफल गर्न (पेट्रो-चाइना) लाई नेपाल भ्रमणको निम्तो दिएको थियो । तर, पेट्रो चाइनाले जवाफ दिन ढिलाइ गरेको नेपाल आयल निगमले जनाएको छ ।
८. कमल थापाको वार्ता टोली भंग गरेर कांग्रेससहितको नयाँ समिति बन्ने
तराई मधेसमा मधेसी मोर्चासँग वार्ता गर्नका लागि प्रमुख राजनीतिक दलहरु सम्मिलित वार्ता समिति गठन हुने भएको छ ।सरकारी वार्ता टोलीमा बस्न प्रमुख प्रतिपक्षी कांग्रेस सहमत नभएपछि त्यसको विकल्पमा राजनीतिक वार्ता समिति गठन हुन लागेको कानुन मन्त्री अग्नि खरेलले बताए ।
९. ग्यास बुलेट तातोपानी नाका हुँदै पाँचखाल ल्याउन चीनको प्रस्ताव
चीनले काभ्रेको पाँचखालमा संयुक्त भन्सार स्थापना गरेर ग्यासका बुलेट सिधै पाँचखालसम्म ल्याउन प्रस्ताव राखेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग आइतबार भएको भेटमा चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले यसबारे जानकारी गराएका हुन् ।
१०. अनमोलले झुटो बोले या साँचोः आनासँग थिएन प्रेम, हालसम्म एक्लै
नायक अनमोल केसी प्रेम सम्बन्धको चर्चाबाट टाढा जान सकेका छैनन् । अनमोल चलचित्र क्षेत्रमा आएदेखि नै उनको प्रेम सम्बन्धले पनि स्थान पाएको छ । चकलेटी नायक केसीका यूवती फ्यान त प्रशस्त छन् । तर, अनमोलको नाम ‘जेरी’ नायिकासँग खुबै जोडियो ।
र, यो पनि
दुनियाका केही अनौठा अन्धविश्वास
हामीकहाँ बिरालोले बाटो काटेको अशुभ अर्थात् अपशकुन मानिन्छ । यात्राका क्रममा बिरालोले बाटो काट्यो भने साइत पर्दैन भन्ने चलन छ । त्यस्तै हिड्न बेलामा हाछ्युँ आउनु, चराले टाउकोमा विष्ट्याउनु लगायतलाई पनि अपशकुन मान्ने चलन छ ।
प्रतिक्रिया 4