+
+

साझा बसमा स्मार्ट ट्राभल कार्डको परीक्षण प्रयोग सुरु

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १३:२५

Sajha-Yatyat

३० कात्तिक, काठमाडौं । साझा यातायातले ‘स्मार्ट ट्राभल कार्ड’ को परीक्षण प्रयोग सुरु गरेको छ । साझाले लगनखेलबाट नयाँ बसपार्क जाने बा १ ख २२१७ नम्बरको बसबाट ट्राभल स्मार्टकार्डको परीक्षण प्रयोग सुरु भएको हो ।

सो बसका अगाडी र पछाडीका दुई वटै ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । ट्राभल कार्डको परीक्षण प्रयोगको उद्घाटन साझा यातायातका सञ्चालक समिति अध्यक्ष कनकमणी दिक्षित र नेपाल बैंकाका प्रमुख कार्यकारी अधिकृत देबेन्द्रप्रताप शाहले संयुक्त रुपमा गरे ।

एकमहिनासम्म सो बसमा स्मार्टकार्डको परीक्षण प्रयोग साझा यातायातकै कर्मचारीहरुले गर्नेछन् । एक महिनापछि साझा यातायातका सबै बसमा स्मार्ट ट्राभल कार्डको प्रयोग सुरु हुनेछ । त्यसपछि सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् ।

के हो स्मार्ट ट्राभल कार्ड ?

स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातले आफ्नै कार्यलयबाट २ सय रुपैयाँका बिक्री गर्नेछ ।

त्यसमा ५० रुपैयाँको ब्यालेन्स पनि हुनेछ । यो कार्ड लिएर हिडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्टकार्डबाट रकम काट्नेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् ।

त्यसमा रहेको पिन नम्बरबाट मोबाइलमार्फत स्मार्टकार्ड रिचार्ज हुनेछ । यसले यात्रुलाई दुरीका आधारमा भाडा तिर्न सहज हुने यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?