+
+

पूर्वाञ्चलमा जीबनदायी औषधि सकियो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १३:५३

No-Medicine-in-Eastern-Regi

३० कात्तिक, विराटनगर । सहज आपूर्ति नहुँदा पूर्वाञ्चलमा अति आवश्यक औषधिको अभाव चुलिन थालेको छ । भारतको अघोषित नाकावन्दी तथा मधेसी मोर्चाले तीन महिनादेखि जारी राखेको आन्दोलनका कारण जीबनदायी प्राय सबै प्रकारका औषधि सकिएका छन् ।

मोर्चाको आन्दोलनका कारण ठेकेदार कम्पनीले औषधि निर्यात गरेको छैन । पूर्वी नेपालका सिराहा र सप्तरीमा मेडिकल स्टोरबाट वितरण हुँदै आएका औषधि तीन महिनायता ढुवानी हुन सकेको छैन । नेपालमा अधिकांश औषधि भारत र तेस्रो मुलुकबाट आयात हुने गर्दछ ।

पूर्वाञ्चलमा औषधि र भ्याक्सिन वितरण गर्दै आएको पूर्वाञ्चल क्षेत्रिय मेडिकल स्टोर विराटनगरले बन्दका कारण औषधिको आपूर्ती गर्न नसकेको जनाएको छ । ‘हामीसँग इमरजेन्सीकालागि मात्र औषधि स्टक छ त्यो पनि विगतको मौजदातको ८० प्रतिशत रित्तिएको अवस्थामा छ,’ कार्यालयका खोप अधिकृत चन्द्रकान्त ठाकुरले भने ।

उनले क्षेत्रीय स्टोरसँग अतिआवश्यक औषधि इमरजेन्सीकालागि मात्र स्टक रहेको बताए । स्टोरमा अति आवश्यक औषधि जीबनजल, प्यारासिटामोल, भिटामिन ‘बी’ कम्पलेक्स, स्लाइन, सिटामोल सिरप, मेट्रोन लगायत औषधिहरुको थोरै मात्र स्टक रहेको उनको भनाइ छ । मधुमेह, प्रेसर, दीर्घ रोगका औषधिहरू, थाइराईडका औषधि, अप्रेसन गर्दा प्रयोग हुने औषधि र इन्सुलीनहरूको समेत अभाव चुलिदै गएको व्यवसायीहरु बताउँछन् ।

चार-चार महिनामा जिल्लाहरुलाई औषधि आपूर्ति गर्दै आएको स्टोरले स्टकमा रहेका औषधीहरु पनि सकिनै लागेकाले यस्तै अवस्था रहे अब आपूर्ति गर्न नसकिने बताएको छ । सरकारले सर्वसाधारणकालागि भन्दै ४० प्रकारका औषधिहरु स्वास्थ्य संस्थाहरुबाट निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । ४० मध्ये अधिकांश औषधिहरु सकिएका छन् । मेडिकल स्टोरले ६९ प्रकारका औषधिहरु वितरण गर्दै आएको छ । जसमा ५१ प्रकारका औषधि र अन्य बिभिन्न भ्याक्सिन रहेका छन् । त्यसमध्ये पनि अहिले ९ प्रकारका औषधि स्टोरमा सकिएका छन् ।

जिल्लाहरुलाई केन्द्र र क्षेत्रिय मेडिकल स्टोरबाट औषधिको आपूर्ति हुँदै आएको छ । त्यस बाहेक जिल्ला आफैले पनि औषधि किनेर चलाउन पाउँछ । तर, नाकाबन्दीका कारण जिल्ला आफैले पनि औषधि किन्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु येङदेन बताउँछन् । ‘बच्चा र महिलाकालागि चाहिने केही औषधि भएपनि अन्य औषधिहरुको अभाव नै छ । आफ्नै स्रोतबाट औषधि किन्ने प्रकृया अघि बढाएका छौं ।’ औषधिको अभाव भएपनि अहिले संकट नै नपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?