Comments Add Comment

बल्ल आयो सुष्मा सुहाउँदो फिल्मी गीत

susma-and-pamod-in-chalecha
नायिका सुष्मा कार्कीले आफ्नो सुन्दरता र लोकप्रियतालाई वुझ्न नसक्दा उनी छायाँमा परिन् । राम्रो अभिनय र आकर्षक फिगर भएपनि सुष्माले उत्तेजक हाउभाउलाई महत्व दिदा उनको वास्तविकता छायाँमा परेको थियो । तर, उनलाई अब एक चलचित्रले माथि उठाउन सक्छ ।

क्रस फिन्गर्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्र ‘चलेछ बतास सुस्तरी’मा सुष्मा कार्कीको प्रेम रुप देख्न सकिनेछ । यो चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ । सवु सुवेदी र अनिला खड्काले निर्देशन गरेको यो चलचित्रलाई प्रदिप भारद्धाजले निर्माण गरेका हुन् ।

चलचित्रमा प्रमोद भारद्धाज र सुष्मा कार्की मुख्य भूमिकामा छन् । चलचित्रको सार्वजनिक शिर्ष गीतमा स्वरुपराज आचार्य र प्रविशा अधिकारीको स्वर, प्रदिप भारद्धाजको शब्द, विकास चौधरीको संगीत छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी, हरी घलेको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

कालिञ्चोकमा छायांकन गरिएको यो गीतको लोकेशनलाई उत्कृष्ट मान्न सकिन्छ । यो चलचित्र माघ २९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रेमकथामा यो चलचित्र निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment