+
+

चन्द्रनिगाहपुरको गौरही जंगलमा ट्रकमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १३ गते ११:४२

१३ मंसिर, रौतहट । रौतहटको चन्द्रनिगाहपुरको गौरही जंगल क्षेत्रमा मालबाहक ट्रकमा आगजनी भएको छ ।

सुनसरीबाट काठमाडौंका लागि छुटेको ना २ ख ९७६४ नम्बरको ट्रक गौरहीको जंगल क्षेत्रमा अज्ञात समूहले आगजनी गरेको हो ।

ट्रकले बाँस बोकेको थियो । आगजनीबाट ट्रकमा रहेको बाँस जलेको छ भने ट्रकमा क्षति पुगेको छ ।

आगजनी कसले र किन गर्‍यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?