+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

त्रिपक्षीय वार्ता निष्कर्षविहीन, प्रधानमन्त्रीको प्रस्ताव कांग्रेसले मानेन

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १२:२९

Trio Barta

२७ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदको अवरोध हटाउने प्रयासमा भएको त्रिपक्षीय वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवार भएको वार्तामा प्रमुख विपक्षी कांग्रेस र मधेसी मोर्चाले आ आफ्नो अडान कायमै राखेका छन् । र, पुनर्निर्माण विधेयक पास हुने सम्भवना न्यून छ ।

त्रिपक्षीय वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पुुनर्निर्माण विधेयक ल्याउन दिन कांग्रेसलाई आग्रह गरेका छन् ।

कांग्रेस नेतृत्वको अघिल्लो सरकारले दर्ता गरेको दुबै विधेयक संसदमा पेश गर्न तयार रहेको तर, मधेसी मोर्चाले संविधान संशोधन विधेयकमा संशोधन हुनुपर्छ भनेको भन्दै प्रधानमन्त्री ओलीले आइतबारको संसद बैठकमा पुनर्निर्माण विधेयक ल्याउने प्रस्ताव गरेका थिए ।

तर, प्रमुख विपक्षी कांग्रेसले प्रधानमन्त्री ओलीको प्रस्ताव अस्वीकार गरेको छ । उसले पुनर्निर्माणसँगै संविधान संशोधन विधेयकलाई एकसाथ संसदमा टेबल गर्नु पर्ने अडान राखेको छ ।

कांग्रेसको प्रस्तावमा मधेसी मोर्चा सहमत छैन । त्रिपक्षीय वार्ता अघि कांग्रेसले मधेसी मोर्चामा आवद्ध तमलोपाका नेताहरुले त्यही प्रस्ताव राखेका थिए, जुन उसले अस्वीकार गरेको छ ।

बैठकपछि उपप्रधानमन्त्री कमल थापाले ट्वीट गर्दै भनेका छन्-‘सरकार दुबै विधेयक संसदमा पेश गर्न तयार छ । तर, कुन पहिले भन्ने प्रतिपक्षको अडानले संसद बैठक अबरुद्ध हुनु दुर्भाग्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?