+
+
WC Series
पोखरा एभेन्जर्स 2025
67/4 (9.6)
VS
६० बलमा ९९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अमेरिकामै यस्तो अन्धविश्वास ! सूर्यलाई चुस्दछ भन्दै राखिएन सोलार प्यानल

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २३ गते १०:२५

Solar

दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश भनेर के गर्नु ? अमेरिका जस्तो देश पनि अझै यस्तो अन्धविश्वास र रुढीवादी चिन्तनले जकडिएको रहेछ । अमेरिकाको एक सहरले सार्वजनिक चासोपछि सौर्यउर्जा फार्म निर्माण गर्ने प्रस्ताव अस्विकृत गरेको छ ।

नर्थ क्यारोलिनास्थित उडल्याण्डमा राजमर्ग २५८ मा सोलार फार्म निर्माण गर्ने स्ट्राटा सोलार कम्पनीको प्रस्तावलाई स्थानीय सरकारले अस्विकृत गरिदिएको हो ।

उडल्याण्ड नगर परिषदको बैठकमा एकजना स्थानीय बासिन्दा बबीमानले यस्तो अनौठो कुरा गरे । सोलार फार्ममा राखिने सोलार प्यानल हरुले सूर्यको सबै उर्जा चुस्ने भएकाले आफ्नो क्षेत्रमा त्यस्तो सोलार फार्म राख्न नहुने बताए ।

विज्ञान विषयकी पूर्व शिक्षिका समेत रहेकी अर्की स्थानीय जेन मानले सोलार प्यानलहरुले सूर्यको सबै उर्जा सक्ने भएकाले वनस्पतीहरुलाई प्रकाश संस्लेषण गर्नका लागि समेत प्रकाश नपुग्ने र विरुवाहरु बढ्न नपाउने भन्दै सोलार फार्म राख्न नदिने बताइन् ।

सोलार प्यानल राखेको क्षेत्र आसपासका विरुवाहरु पर्याप्त प्रकाश तथा उर्जाको अभावमा पहेँलो भएर मरेको आफुले देखेको दाबी पनि उनले गरिन् । साथै सोलार फार्मको आसपासका मानिसहरुमा क्यान्सरको खतरा पनि बढि हुने उनको दाबी थियो ।

बैठकमा स्ट्राटा कम्पनीका प्रवक्ताले सोलार प्यानलहरुले अरु कुनै नकारात्मक असर नपूराउने र त्यसले आफुमा ठोक्किने सूर्यको प्रकाश बाहेक अन्य ठाउँको सूर्यको प्रकाश नसोस्ने भन्दै मनाउने कोसिस पनि गरे ।

अन्त्यमा सोलार फार्म राख्न दिने की नदिने भन्ने विषयमा मतदान नै भयो । नगर परिषदमा भएको मतदानमा सोलार प्यानल राख्ने प्रस्ताव १ का विरुद्ध ३ मतले अस्विकृत भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?