+
+
Shares

पवित्र खादा दुरुपयोग गरेकोमा माफी मागिन् शुभेच्छाले

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २४ गते १७:४५

suvakchya bikini

२४ पुस, काठमाडौं । खादाको दुरुपयोग गर्दै फोटोसेसन गरेकोमा अभिनेत्री शुभेच्छा थापाले माफी मागेकी छिन् ।

थापाको फोटोले बौद्ध धर्माबलम्बीको आस्थामा चोट पुर्‍याएको भन्दै तीव्र आलोचना भएपछि उनले अन्जानमा गल्ती भएको बताएकी हुन् । अनलाइनखबरसित कुरा गर्दै उनले कुनै धर्म वा समुदायलाई अपमान गर्ने मनसाय आफ्नो नरहेको दाबी गरिन् ।

‘यो विषयमा मलाई जानकारी दिएन । ध्यान नपुर्‍याई फोटोसुट गर्दा गल्ति भयो । यति धेरै विवाद आउला भन्ने पनि लागेको थिएन,’ उनले भनिन् ।

रिलिजको तयारीमा रहेको फिल्म बिन्दास-३ का लागि सुभेच्छाले आपत्तिजनक फोटोसुट गराएकी थिइन् । उनले तस्बिरमा गोप्य अंग छोप्नलाई खादाको प्रयोग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?