+
+

कोरियामा झापाली भेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १७ गते १३:०८

jhapa-koreaअनिल नेपाल
सियोल । दक्षिण कोरियामा रहेका झापालीहरुको संगठन झापा मिलन समाजले कोरियाको नयाँबर्ष (सलनाल) को अवसरमा आगामी फेव्रुअरी ८ मा चौथो बाषिर्क साधारणसभा गर्ने भएको छ ।

कोरियाको नयाँ बर्षको अवसरमा आयोजना गरिएको कार्यक्रममा झापा मिलन समाजले तयार पारेको सामुहिक लगानीका अवसर र संभावनाको विषयमा छलफल गरिनेछ ।

त्यस्तै ईपिएस प्रणाली मार्फत कोरिया आएका झापालीहरुबीचको परिचयत्मक कार्यक्रमका साथै सदस्यहरुलाई डिजिटल कार्ड वितरण गरिने समाजले जारी गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ । साधारणसभामा चौथो कार्यसमितिको बाषिर्क प्रतिवेदन सार्जजनिक गरिनेछ ।

झापा मिलन समाजले विपतमा परेका नेपालीलाई खान र वस्नको लागि सञ्चालन गरिएको न्यू पाथिभरा हाउसको व्यवस्थापनका लागि सहयोग गर्नेहरुलाई पनि सो अवसरमा सम्मान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?