+
+

आजदेखि सातामा ९१ घण्टा लोडसेडिङ (तालिकासहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १८ गते ८:४६

LoadSheding१८ माघ, काठमाडौं । सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ ।

प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

‘यसअघि सातामा ८३ घण्टा हुँदै आएको लोडसेडिङ ९१ घण्टा पुर्‍याउन बाध्य भएका छौं,’ नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले भने ।

प्राधिकरणका अनुसार हाल विद्युतको माग १३ सय मेगावाट भए पनि भारतबाट आयात गरेको समेत जोडेर नेपालमा ५ सय मेगावाट मात्रै बिजुली छ । माग भन्दा झण्डै ८ सय मेगावाट बिजुली अभाव भएकाले लोडसेडिङ बढाउनु परेको क्षेत्रीले तर्क गरे ।

हेर्नुस् लोडसेडिङ तालिका 

LOADSHEDING

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?