२५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलको केन्द्रीय प्रवक्ताको जिम्मेवारी डिआइजी शैलेन्द्र खनाललाई तोकिएको छ ।
केहि दिन अघि मात्रै औधोगिक सुरक्षा निर्देशनालयबाट सशस्त्र प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएका खनाललाई दोस्रो पटक प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यस अघि शैलेन्द्र श्रेष्ठ महानिरिक्षक हुंदा पनि प्रवक्ता जिम्मेवारी सम्हालिसकेका खनालले सशस्त्र प्रहरी बलको मध्यक्षेत्र प्रमुख भएर काम गरिसकेका छन ।