श्यामबहादुर पुन, स्थानीय शिक्षक
दाना गाविसको केकर बुट्टा भन्ने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको छ । विहानै हवल्दार र प्रहरी जवानसहित हामी स्थानीयबासी खोजीमा हिँडेका थियौं । झण्डै साढे २ घन्टा माथि जंगलमा आइपुगेपछि विमान भेटिएको हो ।
विहान म आफैंले पनि केही पडि्कएको जस्ता आवाज सुनेको थिएँ । त्यही आधारमा अनुमान गरेर हिँडेका हौं । तर, बादल लागेकाले एकदमै नजिक पुगेपछि मात्र विमान दुर्घटना भएको भेटियो ।
विमान टुक्रा टुक्रा भएको छ । अहिले पनि आगो लागिरहेको छ । केही शव विमानभित्र नै छ भने केही बाहिर छरिएको छ । अहिले यहाँ सुरक्षाकर्मीहरु दुई जना मात्र भएकाले थप फौज आउन बाँकी छ ।
त्यो फौज नआएसम्म उद्धार सुरु हुन सकेन । आगो पनि बलिरहेकाले समस्या भएको छ । हामी अहिले घटनास्थल नजिकै छौं । घटनास्थल भन्दा झण्डै १५० देखि २०० मिटर तल सानो डाँडो जस्तो छ । त्यहाँसम्म हेलिकोप्टर जान सक्छ । तर, बादल लागेकाले ल्याण्ड गर्ने अवस्था छैन ।

प्रतिक्रिया 4