+
+
Shares

कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित, कसरी थाहा पाउने नतिजा ?

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १३ गते ९:१५

HSEB-Nepal

१३ फागुन, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा सन्चालक समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको परिषदले बिहीबार जानकारी दिएको छ ।

कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गत माघ २९ गते मौका परीक्षा सन्चालन गरिएको थियो ।

परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने परिषदले जनाएको छ ।

यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषदले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?