+
+

हिरानीको चलचित्रमा कमेडियन कंगना

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ७ गते ११:५०

kangana ranaut sexy
अभिनय र अवार्डको कारण चर्चामा रहँदै आएकी बलिउड नायिका कंगना रनौतले राजकुमार हिरानीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छिन् ।
रोमान्टिक कमेडी चलचित्रमा कंगना स्ट्यान्डअप कमेडियनको भुमिकामा देखिने भएकी छिन् । कंगना र हिरानी दुबै एक अर्कालाई सम्मान गर्छन् । केही वर्ष पहिलो हिरानीले एउटा विज्ञापन बनाएका थिए भने उक्त विज्ञापनमा अमिताभ बच्चन र कंगनाले अभिनय गरेका थिए ।

अरु दुई चलचित्रको काम सकेर मात्रै कंगनाले हिरानीको चलचित्रमा काम गर्नेछिन् । हिरानीसँग काम सुरु गर्नु अघि कंगनाले विशाल भारद्धाजको ‘वल्र्ड वार-२’ र हंसल मेहताको चलचित्रको काम सकाउनुपर्ने छ ।

हिरानीकै निर्देशनमा बन्ने सञ्जय दत्तको बायोपिक सिनेमामा पनि कंगनाले अभिनय गर्ने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?