म्युजिक भिडियोमा धेरै देखिने मोडल हुन् नायिका नम्रता सापकोटा । उनी, पछिल्ला केही महिनायता चलचित्रको पर्दामा पनि देखिन थालेकी छिन् । अहिले दीपाश्री निरौलाको निर्देशन तयार भैरहेको ‘छक्का पन्जा’ को सुटिङमा ब्यस्त नम्रताले निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’ मा पनि अभिनय गरेकी छिन् ।
यहि विचमा उनले अभिनय गरेको चलचित्र ‘बिरानो माया’ को टिजर सार्वजनिक भएको छ । माधब खरेल निर्देशित उक्त चलचित्रमा नम्रताको अतिरिक्त रोहित रुम्बा, दीपाशा वीसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
आउँदो वैशाख ३१ गते रिलिज हुने भएको उक्त चलचित्रमा प्रेम र विछोडका कुरा देखाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4