+
+

भूकम्पप्रभावितलाई अनुदानमा चुलो वितरण

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १७ गते ७:३२

१७ वैशाख, बनेपा । नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ललितपुरले भूकम्प प्रभावितका लागि काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा उपलब्ध गराएको  १० लाख ४३ हजार बराबरको सुधारिएको चुलो अनुदानमा वितरण गरिएको छ ।

sudhariyeko-chuloजिल्ला दैवी प्रकोप उद्धार समिति, काभ्रेपलाञ्चोकको सिफारिसमा जिविस, वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाले सो गाविसमा मात्रै कुल २९८ सुधारिएको चुलो वितरण गरेको हो ।

जिविस, वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमले भूकम्पका कारण करिब २० हजार सुधारिएको चुलो नष्ट भएको उल्लेख गर्दै तत्कालका लागि पाँच गाविसमा अनुदानमा चुलो वितरणको कार्यक्रम रहेको जानकारी दिए ।

उनका  अनुसार जिल्लाका पाँच गाविसमा कुल र ९८ लाख ८० हजार बराबरको एक हजार ६०८ सुधारिएको चुलो वितरण हुने जानकारी दिँदै जिल्लाको वेखसिम्ले, च्यासिङखर्कसहित तीन गाविसमा र४६ लाख ५५ हजार बराबरको एक हजार ३३० सुधारिएको चुलोे वितरण भएको बताए ।  “हामीले धुवाँमुक्त गाविसलाई प्राथमिकतामा राखेर भूकम्प प्रभावितलाई यो चुलोे वितरण गरेका हाैँ”, उनले भने ।

जिल्लाका तीन गाविसबाहेक पोखरीनारायणस्थान गाविसमा ६७ र सरमथली गाविसमा २८३ थप सुधारिएको चुलो वितरण हुने उल्लेख गर्दै गौतमले अन्य विभिन्न गाविसमा पनि भूकम्प प्रभावितका लागि सुधारिएको चुलो माग भएको बताए ।

उनले उचुलो वितरणपछि उपयोग भएको छ वा छैन भन्ने विषयमा अनुगमन गरिने जानकारी दिँदै चुलोलाई सदुपयोग गर्न समुदायलाई आग्रह गरे ।  ग्रामीण सशक्तीकरण स्रोत व्यवस्थापन केन्द्र (रिमरेक)का कार्यकारी निर्देशक गोकुल गौतमले सुधारिएको चुलो वातावरणमैत्री भएको उल्लेख गर्दै यसले गर्दा धुवाँको जोखिमबाट बच्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?