+
+

सरकारले वैदेशिक रोजगारी जानेका लागि के-के कार्यक्रम ल्यायो ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १८:०२

Golf-country, Baideshik Rojgari
२६ वैशाख, काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी केही कार्यक्रमहरु समेटेको छ ।

सरकारले वैदेशिक रोजगारीमा गएर फर्केकालाई आन्तरिक श्रम बजारमा पुनर्स्थापित गर्ने घोषणा गरेको छ । त्यसका लागि युवाले विदेशमा सिकेको सीपको परीक्षण गरेर सरकारले प्रमाणपत्र जारी गर्ने भएको छ । यसबाट स्वदेशमै युवाले सीपका आधारमा रोजगारी पाउने सरकारको विश्वास छ ।

विदेशमा पठाउँदा सीपमुलक तालिम दिने कामलाई प्राथमिकता राख्ने सरकारको भनाइ छ । यस्तै विदेशबाट आउने रेमिट्यान्स र फर्किएका युवासँग रहेको सीप, दक्षता र क्षमतालाई सदुपयोग गर्न रोजगारी दिलाउन नीतिगत व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

जनताको लगानीमा जलविद्युत आयोजना बनाउँदा वैदेशिक रोजगारीमा रहेकाहरुको लगानीलाई प्राथमिकता दिने घोषणा पनि सरकारले गरेको छ । स्वरोजगार कोषमार्फत सहुलिय दरमा ऋण दिएर वार्षिक ५० हजार युवालाई रोजगारीको सिर्जना गर्ने सरकारले बतााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?