+
+

नम्रताको विरानो माया, कस्तो होला व्यापार ?

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते ११:४३

namrata sapkota
भोली शुक्रबारबाट चलचित्र ‘विरानो माया’ रिलिज हुँदैछ । यो चलचित्रलाई सबैले हेर्न पाउने गरि चलचित्र सेन्सर बोर्डले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । निर्देशक माधव खरेलका अनुसार नेपाली मौलिक भाषा, संकृती र सभ्यतालाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ ।

चलचित्रका मुख्य कलाकार श्रीदेव भट्टराई कथावस्तुका कारण पनि उत्साहित भएको बताउँछन् । उनले आफूले निर्वाहा गरेको भूमिकालाई दर्शकहरुले मन पराउनेमा उनी विश्वस्त देखिएका छन् । नायिका नम्रता सापकोटाले मौलिक कथा, प्रेममय चलचित्र भएकाले पनि हलमा दर्शक आउनेमा विश्वस्त छिन् । चलचित्रमा उनी ग्रामिण यूवतीको भूमिकामा छिन् ।

श्री मिडिया सर्च एण्ड मुभि मेकर प्रालीको ब्यानरमा तयार भएको यो चलचित्रमा मिलन लामा र सावित्री अधिकारीको लगानी छ । चलचित्रको २ साता अगाडि कतारमा पनि प्रदर्शन गरिएको छ । कतारमा रहेका दर्शकले चलचित्र मन पराएको निर्देशक खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?