९ चैत, काठमाडौं । चीनको विदेश मन्त्रालयले अफि्रकी देश जाम्बियामा गाईको भन्दै मानिसको मासु बेचेको खबरको खण्डन गरेको छ ।
सरकारी समाचार एजेन्सी शिन्हृवाका अनुसार जाम्बियाको एक पत्रिकाले चीनमा रहेकी महिलाको झुटो हवाला दिएर यो खबर छापेको थियो ।
उक्त महिलालाई हवाला दिँदै भनिाएको थियो कि चिनियाँ कम्पनीले मानिसहरुको लासबाट मासु निकालेर त्यसमा मसला लगाउँछ र टिनको डब्बामा प्याक गरिरहेको छ ।’
जाम्बियामा तीनका राजदूत याङ योमिङले भनेका छन् कि यो रिपोर्टले दुई देशबीच लामो समयदेखि रहँदै आएको समधुर सम्वन्ध विगर्ने उद्देश्यले प्रेरित छ ।’
जुन तस्वीरलाई मानिसको लास भनेर देखाइएको छ, त्यो २०१२ देखि चल्दै आएको एक मार्केटिङ स्टन्ट हो । र, यो इविल ६ नामको भिडियो गेन रेजिडेन्टबाट उठाइएको हो ।
जाम्बियाका उपरक्षामन्त्री फिस्टोफर मुलेगाले भनेका छन् कि सरकारले यो रिपोर्टबारे छानविन गर्नेछ ।
जाम्बियामा ठूलो संख्यामा चिनियाँहरु बस्छन् । र, त्यहाँको खुद्रा ब्यापार र निर्माण उद्योगमा निकै सफल व्यवसायीहरु छन् ।