+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

काठमाडौं-तराई द्रुतमार्गमा १० अर्ब विनियोजन

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १५ गते १६:४८

bishnu-poudel

१५ जेठ, काठमाडौं । काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो द्रुतमार्ग निर्माण कार्य आगामी वर्षदेखि सुरु गर्ने मन्त्री पौडेलले बताए ।

द्रुतमार्ग निर्माणका लागि आवश्यक प्राविधिक जनशक्तिसहितको कार्यालय स्थापना गरिने भएको छ । द्रुतमार्गका लागि आवश्यक स्रोत साधनको अभाव हुन नदिने मन्त्री पौडेलले बताए ।

यो सडक काठमाडौंलाई तराईसँग जोड्ने महत्वपूर्ण सडकमा रुपमा लिइएको छ । यसअघि भारतीय कम्पनीलाई ठेक्का दिन लागिएकोमा नेपाल सरकारले आफैं बनाउने निणर्चय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?