+
+

आठ हजार निजी निवास पुनर्निर्माणका लागि सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २५ गते ११:३४

earthqueak_victim_barpak२५ जेठ, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ८ हजार १ सय निजी आवास पुनर्निर्माणका लागि सम्झौता भएको छ । गैरसरकारी संस्थाहरुसाग धमाधम त्रिपक्षीय सम्झौता भइरहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भुषाल, सहरी विकास मन्त्रालय -केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपप्रमुख परिक्षित कडरिया र ५ गैरसरकारी संस्थाका प्रतिनिधिबीच  त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौताअनुुसार नेपाल रेडक्रस सोसाइटीले छ हजार, हेल्वेटास नेपालले एक हजार, समारिटन्स पर्सले पााच सय निजी आवास पुनर्निर्माण गर्ने जिम्मा पाएका छन् ।

त्यसैगरी, हृयाविट्याट फर हुम्यानिटीले ३ सय ५० वटा र इडब्लुडिइ डिकेएचले २ सय ५० वटा निजी आवास पुनर्निर्माण गर्ने केन्दि्रय आयोजना निर्देशनालयले जनाएको छ ।

ती संस्थाहरुलाई कुन ठाउामा घर बनाइदिने भनेर राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले घरधनीहरुको नामावाली सहितको सूची र क्षेत्र उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?