+
+

बुटवलमा ट्रकले स्कुटर किच्यो, २ जना घाइते

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ जेठ २८ गते १५:०३

Scooter-Accdient-at-Butwal२८ जेठ, रुपन्देही । बुटवलको योगीकुटीमा शुक्रबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको ना २ ख ८७२४ नम्बरको ट्रकले ‘अनटेस्ट’ स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१२ का १६ वर्षीय सन्जिव यादव र सोही स्थानका १७ वर्षीय अमित यादव घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये अमितको अवस्था गम्भीर छ । उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्रकको अगाडिको पाङ्ग्राले किचेर स्कुरको पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

शुक्रबारै बारामा कार र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?