३२ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकटको युवा संगठन प्रजातान्त्रिक युवक संगठन नेपालको महाधिवेशन असारमा हुने भएको छ ।
राजधानीमा आयोजना हुनै चौंथो महाधिवेश असार ९ र १० गते हुने संगठनले जनाएको छ ।
अधिवेशनमा देशभरबाट १ हजार ५० प्रतिनिधि सहभागी हुने छन् । अधिवेशनमा विदेशबाट समेत प्रतिनिधि सहभागि हुने जनाइएको छ ।
सम्मेलन सम्पन्न गर्नका लागि वर्तमान अध्यक्ष प्रकाश रिमालको अध्यक्षतामा ५०१ सदस्यीय आयोजक समिति र विभिन्न ११ उपसमिति गठन गरिएको । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4