५ असार, बैतडी । बैतडीको सिद्घेश्वर–३ खडितालमा माटोको ढिस्कोले पुरिएर शनिबार बेलुका एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार ज्यान जानेमा महारुद्र–३ का ६८ वर्षिय भवानी दत्त पन्त रहेका छन् ।
पन्त ढुङ्गा खानीमा काम गरिरहेका बेला माथिबाट आएको माटोको ढिस्कोले पुरिएर ज्यान गएको बताइएको छ । पन्तलाई स्थानीयवासीले माटोको ढिस्कोमा पुरिएर मृत अवस्थामा निकालेका थिए ।
प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4