Comments Add Comment

सोसल मिडियाबाट चर्चित भएका ६ व्यक्तिहरु

social mediaसूचना प्रविधिको यो दुनियामा चर्चा कमाउनका लागि कुनै संचारमाध्यममा विज्ञापन वा समाचार दिइरहनु पर्दैन । पैसा कमाउनका लागि दिनरात भर काममा जोतिइरहनु पनि पर्दैन ।

मानिसलाई चुट्कीको भरमा नाम र दाम दुबै कमाउन सम्भव तुल्याइदिएको छ सोसल मिडियाले । दुनियामा यस्ता धेरै व्यक्ति तथा सेलिब्रेटीहरु छन् जोे सोसल मिडियाबाटै चर्चा कमाउँदा आजको अवस्थासम्म आइपुगेका हुन् । सोसल मिडियाबाटै लोकपि्रयताको शिखर चुमेका ६ मान्छे यी हुन्ः

superman

सुपरवुमेनः भारतीय मूलकी लिली सिंह अर्थात् सुपरवुमेन हाल क्यानडाको टोरन्टोमा बस्छिन् । यिनले सन् २०१० मा एक युट्युब च्यानल सुरु गरेकी हुन् जसमा ८५ लाख सब्स्क्राइबर पुगिसकेका छन् । उनी युट्युबबाट सबैभनदा धेरै पैसा कमाउने मध्ये एक पर्छिन् । उनले युट्युब च्यानलमा थुप्रै टक शो चलाउँछिन् ।

marcusमार्कस ब्राउन्लीः प्रोड्युसर, विश्लेषक, प्रविधिज्ञ तथा इन्टरनेट व्यक्तित्वका रुपमा रहेका मार्कसले सन् २००८ मा इन्टरनेटमा आधारित यु ट्युब च्यानल सुरु गरे । उक्त यु ट्युब च्यानलमा सब्स्क्राइबरको संख्या ३५ लाख पुगेको छ । जुन तेश्रो धेरै सब्स्क्राइबर भएको टेक्नोलोजी युट्युब च्यानल हो ।

shawn mendisसन मेन्डिसः क्यानेडाली गायक तथा गितकार मेन्डिसले सर्वप्रथम भिडियो शेयरिंग एप भाइनमा आफ्नो गित अपलोड गरेर तहल्का मच्चाएका थिए । पछि उनले सार्वजनिक गरेको पहिलो एलबमले समेत इन्टरनेटमा धमाका नै मच्चाएको थियो ।

brandonब्रान्डन स्टाननः अमेरिकी फोटोग्राफर तथा ब्लगर स्टाननको चर्चित फेसबुक पेज छ, ह्युमन्स अफ न्युयोर्क । यो पेजमा १ करोड ७२ लाख लाइक छन् भने उनका इन्स्टाग्राममा ४५ लाख फलोअर्स छन् । उनले न्युयोर्कका सडकमा हिड्ने मानिसका तस्वीर सहितका दैनिकी र जिवनशैलीलाई छोटो कथाहरुमा निकै रोचक ढंगले लेखेर सोसल साइटमा राख्ने गरेका छन् । जसले निकै नै लोकप्रियता कमाएको छ ।

muradमुराड इसम्यानः  यी रुसी फोटोग्राफर इन्स्टाग्राममा फलो मी शीर्षकको आफ्नो फोटो सिरिजका कारण चर्चित छन् । नियले आफ्नै गर्लफ्रेण्डसँग सुन्दर तथा अर्थपूर्ण तस्वीरहरु खिचेर इन्स्टाग्राममा अपलोड गर्दछन् । यिनको इन्स्टाग्राममा ४२ लाख सब्सक्राइबर पुगिसकेका छन् ।

justinजस्टिन बाइबरः चर्चित पप गायक बाइबरले यु ट्युबबाटै आफ्नो करिअर थालेका थिए भन्दा पत्यार नलाग्न सक्छ । तर सुरुमा उनले आफ्नी आमाको सहयोगमा आफुले गाएका गितहरु यु ट्युबमा आफै अपलोड गर्ने गर्दथे । उनको प्रतिभालाई कदर गर्दै संगीतकारले उनलाई व्यवसायिक रुपमा गित गाउने अवसर दिए । सन् २००९ मा उनले आफ्नो पहिलो एलबम माइ वल्र्ड निकालेपछि उनले पछाडि फर्किनुपरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment