दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
गत शुक्रबार आयोजीत पत्रकारिता तालिममा कतारमा रहेका पत्रकारहरु साथै यहाँ स्थापित विभिन्न संघसंस्थाहरुका पदाधिकारिहरु सहित १ सय ७० भन्दा बढीको सहभागीता रहेको थियो ।
कतारमा पत्रकार यज्ञशले आधारभूत पत्रकारिता तालिम दिएका थिए । पत्रकारिता तालिममा उपस्थित सहभागीले पत्रकार र पत्रकारिता साथै लेखनशैलीको बारेमा जिज्ञसा राखे । उनले राजनीतिक , सामाजिक लागयत का विषयमा बन्ने समाचारहरु बारे प्रष्ट पारेका थिए । आधारभूत पत्रकारिताका लागि आवश्यक सामाग्रीहरुको बारेमा उनले प्रष्ट पारे ।
त्यस्तै एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा पत्रकार होम कार्कीले संघसंस्थाबाट आउने समाचारको बारेमा तालिम दिए । समाचारलाई प्रभावकारिता बनाउन र समाचारको मुख्य आसयलाई प्रस्तुत गर्नु पर्ने शैलीबारे उनले प्रष्ट पारे ।
विशुद्ध भाषणरहित कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न भएको हो । महासंघका सचिव नवराज विकले कार्यक्रमलाई सन्चालन गरेका हुन ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा सहभागी भई सफलता पुर्वक तालिम सम्पन्न गर्ने सहभागीहरुलाई प्रमाण पत्र दिईएको थियो । ‘शान्ती र लोकतन्त्रका लागी पुर्ण प्रेस स्वतन्त्रता’ भन्ने मुलनाराका साथ सन् २००६ मा कतारमा स्थापना भएको नेपाल पत्रकार महासघं कतारशाखाले समय सान्र्धविक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।