+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मोटोपनाले बढाउँदैछ कुपोषण

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते ९:१०

kuposanविश्वमा कुपोषणको प्रकोप बढिरहेको छ । कुपोषण बढ्नुमा केवल भोकमरी मात्र होइन मोटोपनाले पनि मूख्य भूमिका खेलिरहेको हालैको एक अध्ययनले देखाएको छ ।

अन्तराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था, आइएफपिआरआइले सार्वजनिक गरेको सन् २०१६ को विश्वव्यापी पोषण प्रतिवेदन अनुसार ४४ प्रतिशत देशहरुले अहिले न्यून पोषण र मोटोपना दुबैको निकै गम्भीर अवस्थाको सामना गरिरहेका छन् ।

१ सय २९ देशमा गरिएको अध्ययन अनुसार हरेक ३ मा एक जना मानिस विभिन्न रुपमा कुपोषणबाट प्रभावित छन् । त्यसैले कुपोषित हुनु भनेको नयाँ सामान्य कुरा बनिसकेको रिपोर्टमा उल्लेख छ ।

परम्परागत रुपमा कुपोषण भनेको पर्याप्त खानेकुरा नपाएका वा भोकमरीमा परेका अनि वृद्धिविकाशमा अवरोध पगेको तथा संक्रमणको जोखिममा रहेका बालबालिकाहरुसँग सम्बन्धित भनेर बुझिन्छ । तर पछिल्लो समय विश्वका बढ्दो मोटोपनाका कारण चुलिइरहेको विश्वव्यापी चुनौतिलाई समेत शोधकर्ताहरुले उल्लेख गरेका छन् । विश्वका हरेकजसो देश तथा क्षेत्रहरुमा मोटोपनाको समस्या बढिरहेको छ । रिपोर्टमा उल्लेख भएअनुसार विश्वका दशौँलाख मानिसहरु बढि वजन भएको तथा रगतमा बढि चिनी, लवण तथा कोलेस्ट्रोल भएका कारण कुपोषित छन् ।

प्रमुख शोधकर्ता प्राध्यापक कोरिन्ना हक्सका अनुसार सामान्य अर्थमा कुपोषण भन्नु खराब पोषण अर्थात् अपर्याप्त पोषण भन्ने बुझिएपनि सरीरको वजन बढि हुनु, रगतमा उच्च मात्रामा चिनी हुनु तथा यसले मधुमेह गराउने अवस्था हुन समेत कुपोषणको अवस्था हो ।

रिपोर्ट अनुसार विश्वका धेरैले देशले पुड्कोपना भएका तथा कम तौल भएका बालबालिकाको संख्या घटाउने लक्ष्य भेट्टाउने दिशामा रहेका भएपनि मोटोपना र यो सँग जोडिएका मुटुरोग लगायतका समस्याहरुसँग जुध्ने मामिलामा भने कममात्र प्रगति गरेका छन् ।

रिपोर्ट अनुसार विश्वमा ५ वर्ष मुनिका बालबालिकामा न्यून तौल भएका बालबालिकाहरुको संख्या सरह नै बढि तौल भएका बालबालिकाहरुको संख्या पुग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?