+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
४१ बलमा ८२ रन आवश्यक
चितवन राइनोज 2025
88/4 (13.1)
Shares

प्रधानमन्त्रीको आग्रहपछि प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ८ गते १६:५०

Prachanda (3)

८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बुधबार हुने भनिएको अष्ट्रेलिया भ्रमण स्थगित भएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड बुधबार मध्यान्ह १२ बजे अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । अष्ट्रेलिया जानुभन्दा केहि घण्टा अघि मात्रै प्रचण्डले भ्रमण स्थगित गरेका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विशेष राजनीतिक परिस्थितिका कारण अष्ट्रेलिया नजान भनेकाले भ्रमण स्थगित गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी आठ दिन लामो अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो।

बुधबार बिहान भएको भेटमा प्रधानमन्त्री ओलीले यति लामो समयसम्म देश बाहिर नजान भनेकाले भ्रमण स्थगित गरिएको प्रचण्डका छोरा प्रकाश दाहालले अनलाइनखबरलाई जानकारी दिए । ‘देशको वर्तमान राजनीतिक अवस्था र पार्टी कामको चापलाई विचार गरी अध्यक्षले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको छ,’ प्रकाशले भने ।

अब प्रचण्डको अनुपस्थितिमा विदेश विभाग सदस्य युवराज चौलागाईं अष्ट्रेलियाको कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?