१० असार, चन्द्रौटा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् । देशमा हुन लागेको निर्वाचन अघि नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाइ छ ।
कपिलवस्तुको चन्द्रौटामा प्रेस चौतारी नेपाल कपिलवस्तुले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री नेपालले अब हुने तीन ठूला निर्वाचन सम्पन्न गर्न सबै रानीतिक दल मिल्नुको विकल्प्ा नरहेको स्पष्ट पारे ।
अहिले देश विभिन्न समस्यामा फसेको बताउँदै नेता नेपालले अब एक अर्काको अलोचना गर्नु भन्दा सबै मिलेर संविधान कार्यान्वयन गर्ने समय आएको बताए । राजनीतिक निकासका लागि सहमतीय सरकारको विकल्प नभएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4