१४ असार, काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक सर्भिस सेन्टर बालाजु अटोवर्कसले बाफलमा आफ्नो आधिकारीक सर्भिस सेन्टर प्रनाम अटोमोबाइल प्राली खोलेको छ ।
सर्भिस सेन्टरको अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनट श्रेष्ठ र कम्पनीका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले उद्घाटन गरे । यो सर्भिस सेन्टर सितापाइलाको बाफलस्थित रिङरोडमा छ ।
बालाजु अटोवर्कसले ग्राहकहरुलाई सहज होस् भन्ने उद्धेश्यले नयाँ सर्भिस सेन्टरको स्थापना गरेको हो । यो सर्भिस सेन्टरमा पनि हप्ताको सातै दिन र २४सै घण्टा सर्भिस उपलब्ध हुने बताइएको छ ।
यो सर्भिस सेन्टरले कुनै पनि स्थानमा गाडी बिग्रिएमा उक्त स्थानमा गई गाडी मर्मत गर्नुका साथै आधुनिक प्रविधिद्धारा गाडीको चेकजाँच तथा मर्मत गर्ने बताएको छ ।
आधुनिक मेसिनद्धारा गाडी धुने र सफा गर्ने सुविधा पनि यो सर्भिस सेन्टरमा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4