Comments Add Comment

गृहसहित १४ मन्त्रालय कांग्रेसलाई, माओवादीलाई ८

चैतसम्म प्रचण्ड प्रधानमन्त्री

prachanda--sherbahadur३० असार, काठमाडौं । नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्ऽले मन्त्रालयको बर्गीकरण गरी बाँफाँड गर्ने निर्णय गरेका छन् ।

स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ मन्त्रालय लिने सहमति बनेको हो ।

दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरुलाई छुट्याउने सहमतिमा उल्लेख भएको आजको अन्नपूर्णमा समाचार छ ।

उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र त्यसपछिको बाँकी अबधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । दुई दलबीच भएको पाँच बुँदे आन्तरिक सहमतिलाई कांग्रेस केन्द्रीय समितिले समेत अनुमोदन गरेको छ ।

दुवै दलले यो सहमति फाइलिङ गरेर रेकर्डमा राखेपनि सार्वजनिक नगर्ने सहमति भएको छ । सरकार सञ्चालनका लागि दुवै दलका एक एक नेता रहने गरी उच्चस्तरीय संयन्त्र बनाउनेसमेत आन्तरिक सहमतिमा उल्लेख छ ।

प्रधानमन्त्रीले राजीनामा गरे वा अविश्वासको प्रस्ताव पास भएपछि मात्र कुन मन्त्रालय कुन दलले लिने भन्ने टुंगो लाग्ने स्रोतले उल्लेख गरेको छ ।

कांग्रेसले पहिलो चरणमा प्रधानमनत्रीमा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाललाई समर्थन गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment