+
+
Shares

अविस्वास प्रस्ताव पारित भएपनि प्रधानमन्त्री पदमुक्त हुँदैनन्ः भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते २१:०२

Bhim-Rawal

३ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपनि संविधानले नयाँ सरकार गठनको परिकल्पना नगरेकाले प्रधानमन्त्री पदमुक्त नहुने दाबी गरेका छन् ।

रिपोर्टस क्लबले सोमबार काठमाडौमा गरेको साक्षात्कारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री रावलले संविधानले संक्रमणकालमा सरकार परिवर्तनको कल्पना नगरेको दाबी गर्दै अविश्वासको प्रस्ताव पारित भएपनि प्रधानमन्त्री ओली संघीय संसद्को निर्वाचन नभएसम्म पद्मा बहाल रहने ठोकुवा गरे ।

उनले नेकपा एमाले नेतृत्वको सरकारले निर्वाचन गराउने प्रमुख तीन दलको सहमति अनुरुप नै संविधानमा संक्रमणकालका लागि एउटा मात्र सरकारको कल्पना गरिएको दाबी दावी गरे । उनले संविधानको संक्रमणकालीन व्यवस्था अन्र्तगत रहेको धारा २ सय ९८ संविधान जारी भएपछिको पहिलो सरकारका हकमा मात्र आकषिर्त हुने प्रष्ट्याए ।

सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका रावलले व्यवस्थापिका संसद्को साउन ६ गते बस्ने बैठकमा नेकपा एमालेले बजेट पास गर्ने कार्यसूची हटाइएको विषयमा सभामुख ओनसरी घर्तीसमक्ष प्रश्न गर्ने र सभामुख घर्तीको जवाफ अनुसार एमालेले आवश्यक कदम चाल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?